
जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले किसानलाई कृषि औजार वितरण गरेको छ ।
पचास प्रतिशत अनुदानमा १२ लाख ६२ हजार रुपैयाँँ बराबरका कृषि औजार वितरण गरिएको हो । परियोजनाअन्तर्गत गत वर्ष पनि ६२ मिनिटिलर (हाते ट्रयाक्टर) किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको परियोजना प्रमुख खेमराज शाहीले जानकारी दिनुभएको छ ।
कृषिमा यान्त्रिकीकरण गर्दै उत्पादन वृद्धि गर्न मिनिटिलर वितरण गरिएको हो । छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनिटिलर अनुदानमा वितरण गरिएको प्रमुख शाहीको भनाइ छ ।
जिल्लाका ८ वटै स्थानीय तहका कृषि उद्यमी, कृषि समूह र सहकारीलाई ५० प्रतिशत लागत साझेदारीमा मिनिटिलर (हाते ट्रयाक्टर) वितरण गरिएको हो । प्रतिमिनिटिलर (हाते ट्रयाक्टर) ५० प्रतिशत लागत साझेदारीमा वितरण गरिएको हो ।
किसानले अनुदानमा मिनिटिलर लिने र प्रयोग नगर्ने समस्या रहेकाले अनुमगन गरिने परियोजना कार्यान्वयन एकाइ जुम्लाका सूचना अधिकारी पदम कार्कीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने