
स्याङ्जा । स्याङ्जामा शीत भण्डार स्थापनासँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको भण्डारमा सहज भएको छ ।
कृषिजन्य वस्तु उत्पादन केही समय भण्डारण गरेर बिक्री गर्दा राम्रो बजार मूल्य पाउने भएकाले जिल्लाका विभिन्न पालिकामा शीत भण्डार स्थापना गरिएको हो ।
विशेष गरी जिल्लामा धेरैमात्रामा उत्पादन हुने सुन्तला, आलु लगायतका कृषिजन्य उत्पादनको भण्डारणका लागि शीत भण्डारले सहज भएको हो ।
स्याङ्जाका एघार स्थानीय तहमध्ये हाल आठ स्थानीय तहमा १४ शीत भण्डार निर्माण भएका कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयो । उहाँका अनुसार विभिन्न क्षमतामा १४ वटा शीत भण्डार निर्माण भएपनि हाल १० वटा सञ्चालनमा रहेका छन् ।
‘केन्द्र, प्रदेश र स्थानीय सरकारको लागत साझेदारीमा स्याङ्जाका विभिन्न स्थानीय तहमा शीत भण्डार निर्माण भएका छन्’ उहाँले भन्नुभयो– ‘यहाँ सञ्चालनमा रहेका शीत भण्डारमा कृषिजन्य उत्पादनको भण्डारणमा सहज भएको छ ।’
जिल्लामा शीत भण्डार नहुँदाको बखतमा यसअघि भैरहवा, पोखरालगायतका ठाउँमा रहेका शीत भण्डारमा विशेष गरी सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारण गर्नुपर्ने बाध्यता रहेको थियो ।
स्याङ्जाको वालिङ नगरपालिकामा तीन, गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका, बिरुवा गाउँपालिकामा दुई÷दुई वटा, आँधीखोला गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, चापाकोट नगरपालिकामा एक÷एक वटा शीत भण्डार रहेका छन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–११ जैंसीडाँडामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको स्याङ्जा शीत भण्डार स्थापना भई सञ्चालनमा आएको छ । शीत भण्डारको क्षमता एक हजार दुई सय मेट्रिकटन रहेको छ ।
जिल्लामा हाल सञ्चालनमा रहेका १० शीत भण्डारमा कुल दुई हजार १ सय मेट्रिकटन कृषिजन्य उत्पादन भण्डारण गर्न सकिने उहाँले बताउनुभयो ।
‘अहिलेको समय जिल्लामा अधिक मात्रामा उत्पादन हुने सुन्तला तथा केहीमात्रामा आलु भण्डारण गरिएको छ’ उहाँले भन्नुभयो, ‘सुन्तला शीत भण्डारबाट निकालेपछि प्रायःसबैजसोमा आलु भण्डारण हुन्छ ।’
यहाँ उत्पादन भएको बीउ आलु भण्डारण गर्न भैरहवा लगायतका ठाउँमा लैजाँदै आएकोमा गाउँमै शीत भण्डार स्थापना भएसँगै सहज भएको गल्याङ ११ जिमुहाँका अगुवा कृषक रुमलाल कडेलले बताउनुभयो ।
टाढा लैजानुपर्दा ढुवानी धेरै लाग्ने र समय पनि उत्तिकै धेरै लाग्ने गरेकोमा गाउँमै शीत भण्डार सञ्चालनमा आएपछि लागत कम लाग्ने गरेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने