
कैलाली । टीकापुर महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ ।
टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा पुस २५ गतेदेखि सुरु हुने महोत्सवको तयारीअन्तर्गत पण्डाल निर्माण अन्तिम चरणमा पुगेको छ ।
‘औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ भन्ने नाराका साथ सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव हुन लागेको हो । वाणिज्य सङ्घका महासचिव नवराज रिमालले भन्नुभयो– ‘महोत्सवमा सर्वसाधारणका लागि एक सय रुपैयाँ टिकट शुल्क लाग्नेछ विद्यार्थीका लागि ५० प्रतिशत छुट दिइने छ भने महोत्सव अवलोकनमा एकल महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाले निःशुल्क प्रवेश पाउनेछन् ।’
महोत्सवमा थारु कला र संस्कृति झल्कने सङ्ग्रहालय राखिने जनाइएको छ । यसवर्ष महोत्सवस्थलको क्षेत्रफल बढाइएको छ । अघिल्लावर्षको तुलनामा स्टल र प्रवेशद्वारको स्थान परिवर्तन गरिएको छ ।
विगतमाझैँ कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी राखिने भएको छ । महोत्सवभित्र जम्मा दुई सय स्टल रहने छन् । पण्डालभित्र एक सय २७ व्यापारिक स्टल रहने आयोजकले जनाएको छ । पण्डालबाहिर २६ वटा होटल रहने छन् । थारु गाउँमा २४, अटोमोबाइलमा १४, मोटरसाइकल र कृषि उद्यमी गरी ९ स्टल रहने जनाइएको छ । वाणिज्य सङ्घले महिला उद्यमी लगायतलाई गरी ५ स्टल निःशुल्क उपलब्ध गराएको छ ।
हालसम्म ९० प्रतिशत स्टल बुक भइसकेको वाणिज्य सङ्घका सदस्य तथा स्टल संयोजक बमबहादुर ओलीले बताउनुभयो । वाणिज्य सङ्घको आयोजनामा २०६५ सालदेखि टीकापुर महोत्सव आयोजना हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने