
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो कारोबारको तुलनामा उच्च अंकले घटेको छ ।
नेप्से परिसूचक आज ४५ दशमलव ९३ अंकले घटेर २ हजार ६ सय ८९ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव ६७ प्रतिशतले कम हो ।
आज ३ सय २१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २ सय ४४ कित्ता शेयर, ८१ हजार ४ सय ४ पटक खरिदबिक्री हुँदा ७ अर्ब ४७ करोड ३ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा दुई सय १४ कम्पनीको शेयर मूल्य घटेको छ । सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा बढी जीवन बिमा समूह तीन दशमलव शून्य सात र व्यापार समूह दुई दशमलव १३ प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ८६, विकास बैंक एक दशमलव शून्य चार, वित्त एक दशमलव ८४, होटल तथा पर्यटन एक दशमलव ८४, जलविद्युत् एक दशमलव ९८ र लगानी समूह एक दशमलव ३३ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ३४, लघुवित्त एक दशमलव ५०, म्युचुअल फण्ड शून्य दशमलव ५९, निर्जीवन बिमा शून्य दशमलव ८३ र अन्य समूह शून्य दशमलव ८१ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
तीनवटा कम्पनीको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल० लिमिटेड र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको हो । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी नौ दशमलव ९८ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाख ६१ हजार ५ सय ६९ रुपैयाको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा लक्ष्मी उन्नति कोषको २० लाख पाँच हजार एक सय कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने