
काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक फेरि उकालो लागेको छ ।
नेप्से परिसूचक मंगलबार ४६ दशमलव ६९ अंकले बढेर २ हजार ६ सय ९२ दशमलव ०५ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ प्रतिशतले उकालो लागेर चार सय ८१ दशमलव २८ मा पुगेको छ । आज नेप्सेमा कारोबार भएका १३ वटै उपसमूह बढेका छन् । आज कूल एक करोड ३३ लाख ७३ हजार चार सय ८१ कित्ता शेयर, ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार ५ सय ८० रुपैयाँ रुपैयाँमा खरिद बिक्री भएका छन् ।
सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआइसी इन्सोरेन्स र कुथेली बुथेली हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । हिमालयन एभरेष्ट इन्सुरेन्सको संस्थापक शेयर, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य नौ दशमलव ९८ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नौ दशमलव १८ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा सेन्ट्रल फाइनान्सको शेयर मूल्य एक दशमलव ८८ प्रतिशत, लाइफ इन्सोरेन्स कर्पोरेशन लिमिटेडको एक दशमलव ५७, गुडविल फाइनान्स एक दशमलव २३, हिमालयन लघुवित्त वित्तीय संस्थाको एक दशमलव १२ र आइसीएफसी फाइनान्सको शेयरमूल्य एक दशमलव ०८ प्रतिशतले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने