
काठमाडौँ । राजधानीमा जारी एन्फा यु–१८ युथ फुटबल प्रतियोगितामा न्यूरोड टिम (एनआरटी) ले विभागीय टोली एपिएफ क्लबलाई पराजित गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लियो । एनआरटीले चार खेलबाट नौ अङ्क जोडेको छ । समान अङ्क भए पनि मनाङ मर्याङ्दी क्लब गोल सङ्ख्याका आधारमा शीर्ष स्थानमा छ ।
एपिएफको भने यो पहिलो हार हो । यो टोलीले चार खेलमा दुई जित, एक बराबरी र एक हारसहित सात अङ्क जोडेको छ । एपिएफ अङ्क तालिकाको चौथो स्थानमा छ । एनआरटीको जितमा सन्तोष गोम्बाले गरेको एक गोल नै निर्णायक सावित भयो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने