
कास्की। पोखरामा सम्पन्न २० वर्षमुनिको बुद्धिचाल प्रतियोगिताको उपाधि ईश्वर घिमिरेले जित्नुभएको छ । यही साउन ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज समापन भएको हो ।
अन्तर्राष्ट्रिय बुद्धिचाल सङ्घ (फिडे)को एक सयऔँ वर्षका अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै घिमिरेले उपाधि जित्नुभयो । हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा–१७ विरौटामा भएको प्रतियोगितामा घिमिरेले कुल आठ अङ्क प्राप्त गर्नुभएको थियो । कौशल थापा द्वितीय तथा अनिज पोखरेल तृतीय हुन सफल हुनुभयो । विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी यु–१६ तर्फ सङ्गम सिम्खडा, यु–१४ तर्फ सङ्कल्प श्रेष्ठ र यु–१० तर्फ प्रशंसा भण्डारीले उपाधि जित्नुभयो । प्रतियोगितामा हार्दिक पौडेल अनुशासित खेलाडी घोषित हुनुभयो भने प्रशंसा भण्डारी महिला विजेता भएकाले नगद पुरस्कार पाउनुभयो ।
विजेता खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री पञ्चराम गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, गण्डकी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारी, पोखरा महानगरपालिका बुद्धिचाल सङ्घका अध्यक्ष चन्द्र गुरुङलगायतले पुरस्कार वितरण गर्र्नुभएको थियो ।
प्रतियोगितामा प्राप्त गर्ने अङ्क अन्तर्राष्ट्रिय बुद्धिचालको वरियतामा समेत रहनेछ । अर्थात् खेलाडीले प्राप्त गरेको अङ्क विश्व बुद्धिचालको आधिकारिक रेटिङ (वरियता) मा समावेश हुने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने