![](/storage/news/01JKRAEJ9HAS629P7SN55MBERS.jpg)
काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षले सरकारसँगको वार्तामा सहमति नजुटेपछि थप संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
यसअघिका दुई चरणका वार्ताबाट सहमति नजुटेको तथा उच्चस्तरीय वार्ता समिति गठन गर्न माग राखिएकोमा सरकार गम्भिर नभएको भन्दै निर्माणाधीन केबलकारको विरोधमा उत्रिएको समूहले सडक सघंर्षमा जान बाध्य भएको जनाएको हो ।
केबलकार निर्माणको विरोध गर्दै आएका मुक्कुमलुङ ताङ्सेःप चुम्भो आवद्ध ११ वटा संस्था र १० वटा अन्तरदलीय राजनीतिक पार्टीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दैं संघर्षका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।
आन्दोलनरत पक्षले भोलिदेखि आगामी फागुन ९ गते सम्म विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । यही फागुन ६ गतेदेखि ८ सम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा, केबलकार निर्माण सामग्री ढुवानीमा अवरोध तथा काठमाडौं, इटहरी र बिर्तामोडमा विरोध सभा लगायतका कार्यक्रम घोषणा गरेका छन् ।
यस्तै, उनीहरुले केबलकारको सम्झौता खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् पत्र बुझाउने लगायतका विरोधका कार्यक्रम तय गरेका छन् । साथै, ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणक्रममा भएको प्रर्दशनमा पक्राउ परेकालाई बिनासर्त रिहाई गर्नुको साटो धरौटीमा रिहाई गरेको तथा केबलकार निर्माण कार्य नरोकिएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- ‘सरी नानु, नआत्तिनु ! समय आउनेछ’
- दुई दलीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बस्दै
- गायिका एलिना चौहानको औपचारिक रुपमै सम्बन्ध विच्छेद
- रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
- जसपा नेपालले भूमि अध्यादेशलाई समर्थन नगर्ने
- मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक सांसदहरुको माग
- भ्रष्टाचार विधेयक संसद्को कार्यसूचीबाट हटाइयो
- चोरीको मोबाइल लिन दुई समूहबीच झडप हुँदा युवकले ज्यान गुमाए
- रुकुममा ८ करोड खर्चेर बनाइयो पालिका भवन
- राजदूत वलीलाई गणतन्त्र लाओको पनि जिम्मेवारी