+

छविलाल जोशी पुर्पक्षका लागि थुनामा

रुपन्देही । जिल्ला अदालत रुपन्देहीले पूर्वडिआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा जोडिएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाइएको अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । 


जोशीलाई अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले आज पुर्पक्षका लागि थुनामा पठाएको हो।

यसअघि उहाँ काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ८८ लाख धरौटीमा रिहा हुनुभएको थियो । 

रुपन्देहीमा पनि सुप्रिम सहकारी ठगीको अभियोग दर्ता भएपछि आफैँ अदालतमा उपस्थित हुनभएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो। उहाँविरुद्ध चितवनको साहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै