+

पर्यटकबाट महंगो रकम असुली, टुर्स एण्ड ट्राभल्सद्धारा राजस्व छली

काठमाडौँ। पर्यटकलाई विभिन्न ठाउँमा घुमाउने महत्वाकांक्षी प्रचार गरेर उनीहरुबाट महंगो शुल्क असुल्ने गरेका ट्रेक, टुर्स एण्ड ट्राभल्सले दोहोरो ठगी गरेको पाइएको छ । एकातिर समाजिक सञ्जाल एवम् वेव साईट मार्फत प्रलोभनयुक्त प्रचार गरेर पर्यटकसँग मोटो रकम असुल्ने तर प्रतिवद्धता जनाएअनुसारको सेवा(सुविधा उपलब्ध नगराउने गरेको पाइएको छ भने अर्कोतर्फ मनग्य नाफा हुने गरी पर्यटकसँग असुलेको रकमबाट सरकारलाई तिर्नु पर्ने कर समेत छली गर्ने गरेको देखिएको छ ।


हुनत अधिकांश टुर्स एण्ड ट्राभल्सबाट हुँदै आएका यस्ता गल्ती ढाकछोप गर्ने गरिएको छ । कतिपय टुर्स एण्ड ट्राभल्सले त पर्यटकबाट अग्रिम रकम असुल्ने अनी बसोबास गराएको होटल अनी खानपान गराएको रेष्टुरेन्टलाई महिनौं रकम नतिरेर झुलाउने गरेको गुनासो पनि बारम्बार सुन्नमा आइराखेको हुन्छ ।

यसै सन्दर्भमा महाराजगन्जस्थित अमेरिकन दूतावास नजिकैको जोशी टावरमा कार्यालय रहेको भनिएको रिचा टुर्सले राजस्व छली गर्नैका लागि आफ्ना व्यवसायीक सबै धन्दा ठमेलस्थित होटल ुथोरड्ला इनुबाट गर्ने गरेको खुलेको छ । रिचा टुर्सले ब्ढानिलकण्ठ नगरपालिकामा कार्यालय रहेको सरकारी इजाजत देखाएर, महाराजगन्जको ठेगाना उल्लेख गर्दै आफ्ना गोप्य धन्दा भने ठमेलस्थित ुथोरड्ला इनु होटलबाट गर्ने गर्छ । आफूले भ्रमण गराएका पर्यटकबाट चर्को शुल्क असुल गरे पनि रिचा टुर्सले त्यसको विल भरपाई केही दिन्न ।

खासगरी स्वदेशी तथा विदेशी पर्यटकलाई कैलाश मानसरोवरको तिर्थ गराउन यो कम्पनी अग्रसर देखिन्छ । आफ्नो कम्पनी अनुभवी रहेको भन्दै आफ्नो वेव साइट (https://richatours.com) मार्फत पर्यटकलाई आकर्षण गर्न महत्वाकांक्षी प्रचार गर्दै रिचा टुर्सले अन्य टुर्स तथा ट्रेक एजेन्सीले भन्दा पर्यटकबाट निकै महंगो रकम असुल्ने गर्छ । तर त्यो एजेन्सी मार्फत कैलाश लगायत अन्यत्रको भ्रमण गरी फर्केका कोही पनि पर्यटक सन्तुष्ट रहेको भने पाइन्न ।

१९९३ मा स्थापना भएको रिचा टुर्सले २७/२८ वर्षदेखि कैलास(मानसरोवरको ट्रेक गराउन थालेको हो । अन्य एजेन्सीले भन्दा महंगो शुल्क असुल्ने रिचा टुर्सका संस्थापक सञ्चालक सांघे गुरुड्ग आफ्नो कम्पनीसँग अरुको कम्पनी तुलना नगर्न भन्छन् । उनी भन्छन्, ुहामीले दिने सेवा(सुविधा उच्च कोटीको हुन्छ, त्यसैले महंगो पनि पर्छ ।ु तर, भ्रमणका क्रममा खानपान होस् वा बसोबासको सुविधा, त्यो जुनसुकै एजेन्सी मार्फत जाँदा पनि उपलब्ध हुने एकैखालको हुन्छ ।

स्वदेशी पर्यटकका लागि वेव साइटमा लाग्ने खर्च उल्लेख नभए पनि विदेशीका हकमा भने वेव साइटमै रकम पनि उल्लेख छ । वेव साइटमा जनाइएअनुसार रिचा टुर्सले मानसरोवरको १६ दिने यात्राका लागि प्रति व्यक्ति अमेरिकी डलर २६६० असुल गर्छ भने कैलासको दुरदर्शनको ३ दिने कार्यक्रमका लागि भारतीय रुपैया ३५ हजार प्रतिव्यक्ति मुल्य तोकेको छ । त्यस्तै, केरुड्ग हुँदै कैलास मानसरोवरको १५ दिने यात्राका लागि प्रतिव्यक्ति २४ सय अमेरिकी डलर अनी केरुडसम्म हेलीकप्टर प्रयोग गर्दै १३ दिने कैलास यात्राका लागि प्रतिव्यक्ति ४ हजार अमेरिकी डलर असुल्ने गर्छ । त्यस बाहेक ऐभरेष्ट वेश क्याम्प र अन्नपूर्ण वेश क्याम्पका लागि आवश्यक सहमतीमा मूल्य निर्धारण हुने जनाएको छ । त्यस्तै, भुटान, भारतलगायत मुलुकको पनि भ्रमण गराउने रिचा टुर्सले अन्य टुर्स एण्ड ट्राभल्सले भन्दा महंगै रकम पर्यटकबाट असुल्ने गरेको पाइन्छ । तर, यसरी पर्यटकबाट चर्को रकम असुल्ने रिचा टुर्सले राज्यलाई वार्षिक कति राजस्व तिर्छ त रु खोजी गर्नु पर्ने विषय यहीँनेर छ ।

त्यसो त रिचा टुर्सको वेव साईटमा आफ्ना अनुभवी गाईडले भ्रमणका क्रममा पर्यटकलाई उच्चतम केयर गर्ने गरेको उल्लेख छ । तर, यथार्थमा त्यस्तो पाइन्न । बरु, पर्यटकलाई निरुत्साहित पार्ने काम गाइडबाट हुन्छ । कैलाश परिक्रमा गर्न लैजाने पर्यटकलाई स्वास्थ्य सम्वन्धि र आवश्यक बन्दोबस्तीका सामाग्रीका सन्दर्भमा कुनै पनि व्रिफीड्ग गर्ने गरिन्न । कैलास नजिकैको दार्चेन शहरमा पुगीसकेपछि मात्रै स्वास्थ्य समस्याको कुरा झिकेर (मुटुको धड्कन बढेको, रक्तचाप बढेको, अक्सीजन लेभल निकै कम भएको)  भन्दै सकेसम्म कैलाश परिक्रमा गराउन नपरे हुन्थ्यो जस्तो व्यवहार गर्छन् । 

खानपानको सन्दर्भमा गुनासो गरेको खण्डमा सँगै जाने गाइड र भान्सेबाट मुखभरीको जवाफ सुन्नुपर्छ । अफिसले के(के भन्छ, के गर्छ हामीलाई के थाहा ? यहाँको अवस्था अनुसार हामीले भनेअनुसार तपाईंहरु चल्नु पर्छ,ु हो यस्तै हुन्छ, गाईडको जवाफ । यस्ता गुनासा फर्केर आएका पर्यटकले सुनाउन खोज्दा सञ्चालक सांघे गुरुड्ग आफ्नो कम्पनीका कामदारबाट भएको कमजोरी सुन्नै चाहान्नन् । सायद उनीहरुलाई कम्पनीले नै त्यसो गर्न लगाएको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै