काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । आइतबारदेखि शुरु भएको बैठक आज मंगलबार पनि बस्ने एमालेले जनाएको छ । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम जारी छ ।
सोमबार केही सदस्यले धारणा राख्न बाँकी भएकोले आज पनि बैठक बस्न लागेको हो ।
आइतबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आजको बैठक बिहान ११ बजे पुनः शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- हुस्सुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
- भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
- सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
- सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति गुरुङसँग सिआइबीको सोधपुछ
- तिब्बतमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो, १८८ जना घाइते
- चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
- सूर्यदर्शन सहकारी बचत अपचलन: प्रतिवादीहरूको थुनछेक बहस जारी
- पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
- मङ्गलबारको भूकम्पले नेपालका कहाँ के-के क्षति गर्यो ?
- यी हुन् एमाले केन्द्रीय कमिटीबाट पारित १४ बुँदे विशेष प्रस्ताव