कास्की । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सभापति रवि लामिछानेको तर्फबाट उहाँका वकिलले सोमबारदेखि बहस शुरु गरेका छन्। कास्की जिल्ला अदालतमा पहिलो दिन सोमबार बहस नसकिएपछि मंगलबारसमेत लामिछानेका वकिलले बहस गर्ने जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिनुभएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा प्रतिवादी बनाइएका लामिछानेको तर्फबाट तीन जना वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमनकुमार श्रेष्ठ र सुरेन्द्र थापाले क्रमशः बहस गर्नुभएको छ । उहँहरूले पूरक अभियोग हदम्याद नाघेर आएकाले खारेज भागी हुनुपर्ने जिकिर गर्नुभएको छ ।
लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा मात्र झण्डै २८ करोड माग दाबी गरिनु गलत भएको उहाँहरूको दाबी थियो। लामिछानेको खातामा सात लाख मात्र जम्मा रहेको दाबी गर्नुभएको छ । लामिछाने गोर्खा मिडियामा प्रवेश गर्नुभन्दा पहिलेका खाताहरू समेत हेरिएको र २८ करोड भन्नु झुटो आरोप भएको वकिलहरुको जिकिर छ । लामिछाने सन् २०२१ मा मात्र गोर्खा मिडिया गएको भए पनि सन् २०११ देखिका खाता हेरिनु गलत भएको उहाँहरूको दाबी छ।
रवि लामिछानेको हस्ताक्षर गरी लिइएको भनिएको १ करोडको माग फाराममा उहाँको नभई कीर्ते गरिएको भन्ने प्रमाणित भइसकेको, सहकारीको ऋणी भएको भए उहाँको नाममा कबुलियतनामा हुनुपर्ने, सहकारीले रकम असुल्नका लागि ताकेता गरेको चिठीपत्रहरू हुनुपर्ने केही पनि नभएकाले सेयर सदस्य नै नभएको व्यक्तिलाई सहकारी ठगीको मुद्दा चलाउन प्रचलित कानुनले नदिने बहस गर्नुभएको छ ।
रवि पक्षका कानुन व्यवसायीले उहाँलाई साधारण तारेखमै रिहा गरिने विश्वाससमेत व्यक्त गर्नुभएको छ । मंगलबार रविका पक्षबाट अन्य वकिललाई पालो दिइने अदालत स्रोतले जनाएको छ। उहाँको पक्षमा बहस गर्नेहरूको संख्या धेरै भएपछि न्यायाधीश नीतिज राईले सोमबार बहसको शुरुआतमै एउटै कुराहरु नदोहोर्याउन निर्देश गर्नुभएको थियो ।
बेञ्चमा बहस भइरहँदा अदालत बाहिर रविका समर्थकले नाराबाजी गरेका थिए। सूर्यदर्शन सहकारी संस्थाको रकम ठगीसमेतका मुद्दामा ६३ जनालाई प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
शुक्रबारसम्म सबैको तर्फबाट बहस सकिने र सोही दिन अदालतले आदेश गर्ने अनुमान छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
- सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
- सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति गुरुङसँग सिआइबीको सोधपुछ
- तिब्बतमा भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो, १८८ जना घाइते
- चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
- सूर्यदर्शन सहकारी बचत अपचलन: प्रतिवादीहरूको थुनछेक बहस जारी
- पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात
- मङ्गलबारको भूकम्पले नेपालका कहाँ के-के क्षति गर्यो ?
- यी हुन् एमाले केन्द्रीय कमिटीबाट पारित १४ बुँदे विशेष प्रस्ताव
- खुम्बु क्षेत्रमा उडान गर्न पाइने