
तुलसीपुर । मुक्तकम्लरीले मुक्तिको घोषणा गरिए पनि समाजमा स्थापित हुननसकेको गुनासो गरेका छन् । न्यायोचित पुनःस्थापना गर्न सरकारले पर्याप्त ध्यान नदिएका कारण आफूहरू घरेलु हिंसामा पर्न थालेको उनीहरुको गुनासो छ ।
मुक्तकम्लरी सुलोचना चौधरीले सरकार र सरोकार भएकाहरूले न्यायिक पुनःस्थापनाका लागि उचित पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘मुक्त भए पनि हामीलाई शिक्षा र आयआर्जनमा जोड्न उचित पहल भएन, त्यसैमा सानै उमेरमा विवाह गर्नुपरेपछि अहिले दैनिकी चलाउन निकै समस्या भएको छ । धेरै जना घरेलु हिंसा भोग्न बाध्य छन्’ उहाँले भन्नुभयो ।
मुक्तकम्लरी विकास मञ्चका केन्द्रीय अध्यक्ष हीरामती चौधरीले कम्लरी राख्नेलाई कारबाही नहुँदा आफूहरूले न्यायको महशुस नगरेको बताउनुभयो । ‘सरकारले मुक्तिको घोषणा त ग¥यो तर हिजोका दिनमा हामीलाई काममा राख्नेहरूलाई कुनै कारबाही गरेन, त्यसकारण न्यायको अनुभूति गर्न सकेका छैनौँ । पठनपाठनका लागि छात्रवृत्ति दिने गरेको छ त्यो पनि पर्याप्त र समयमा नदिँदा समस्या हुने गरेको धेरै दिदीबहिनीहरुको गुनासो छ’ उहाँले सुनाउनुभयो ।
दाङमा ६ हजार ६ सय ५८ मुक्तकम्लरी छन् । उनीहरुको हकहितका लागि मुक्त विभिन्न सङ्घसंस्थाले काम गरिरहेका छन् । मुक्तकम्लरी विकास मञ्च पनि त्यसैका लागि स्थापित भएको हो । हाल यो संस्थाले घोराही उपमहानगरपालिकाका–२, ४, ८ र १२ मा कार्यक्रम उनीहरुको आर्थिक तथा सामाजिक विकासका लागि काम गरिरहेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षदेखि तुलसीपुर उपमहानगरपालिकाका–१५, १६ र १८ तथा लमही नगरपालिकाका–३, ४ र ८ मा कार्यक्रलम सञ्चालन गर्ने तयारी भएको छ । ‘मुक्तकम्लरीसहित पिछडिएका समुदायको आर्थिक तथा सामाजिक विकासका लागि काम गरिरहेका छौँ । आयआर्जनमा सुधारका लागि विभिन्न प्रकारका आयमूलक तालिम, नीतिनिर्माण तहमा सहयोग, सामग्री सहयोग लगायत भइरहेका छन् । कार्यक्रम सन् २०२८ सम्म चल्नेछ’ अध्यक्ष चौधरीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने