
काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक)बारे प्रमुख ३ दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । विधेयकबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुबीच छलफल भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ शुरु भएको छलफलमा प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सहभागी हुनुभएको छ । प्रमुख प्रतिपक्ष दल एमालेबाट अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री अग्नि खरेल र संसदीय दलका सचेतक महेश बर्तौला सहभागी हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी हुनुभएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक अहिले प्रतिनिधिसभाको समितिमा विचाराधीन छ । विधेयकका अन्तर्वस्तुमा प्रमुख दलबीच सहमति नजुट्दा विधेयक अघि बढ्न सकिरहेको छैन ।
विधेयकबारे प्रमुख ३ दलका शीर्ष नेताहरुबीच आइतबार पनि छलफल भएको थियो । प्रमुख दलका शीर्ष नेताहरुबीच विधेयकको बारेमा त्यसअघि पनि विभिन्न पटक छलफल हुँदै आएको थियो । शीर्ष नेताहरुबीचको विभिन्न चरणको छलफलपछि सोमबारको बैठकमा अन्य नेताहरुलाई पनि सहभागी गराइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने