+

बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । बाँकेमा बाघको आक्रमणबाट  महिलाको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकायलाई आज बाघले आक्रमण गरेको हो । 

रोकायलाई बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघले  आक्रमण गरेको प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभएको छ ।  रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् । दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ । 

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै