
जुम्ला । सिञ्जा गाउँपालिका पालिकाभित्रका सबै वडामा एक घर एक धारा निर्माणमा जुटेको छ । पालिकाको वडा नम्बर १ मा रु १ करोड ७३ लाख ८३ हजार लागनीमा खानेपानी आयोजना निर्माणको ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।
वडामा खानेपानीको थप आपूर्तिका लागि ठूलो आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । गाउँपालिका अध्यक्ष धितालले भन्नुभयो, “अब ठेक्काको काम सकिएपछि गाउँमा खानेपानी आयोजनाको काम अगाडि बढ्ने भएको छ ।” सङ्घीय सरकारको विशेष अनुदानबाट सिञ्जाका सबै गाउँमा पाँच वर्षभित्र खानेपानी पु¥याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष धितालले बताउनुभयो ।
यो आर्थिक वर्षको असारभित्र खानेपानी आयोजना निर्माण सम्पन्न हुने भएको छ । वडा नं ३ मा सुस्वा परियोजनाबाट एक घर एक धारा खानेपानी आयोजनाको कामसमेत अगाडि बढेको गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । क्रमशः अर्को वर्ष अरु वडामा समेत घर घरमै खानेपानी पु¥याइने भएको छ । उक्त खानेपानी आयोजनाबाट सिञ्जा–१ का करिब दुई सय घरधुरी लाभान्वित हुने गाउँपालिका अध्यक्ष धितालले जानकारी दिनुभयो ।
वडा नं १ मा निर्माण हुने आयोजनाबाट गाउँमा १ सय नौ खानेपानीका धारा निर्माण हुने गाउँपालिकाका इन्जिनियर राजकुमार भट्टले बताउनुभयो । खानेपानीको सहज सुविधा पु¥याउने गरी खानेपानी आयोजना निर्माणको काम अबको केही सातापछि बोलपत्रको मूल्याङ्कनको काम सकिएपछि निर्माण आयोजनाको काम तीव्रगतिमा अगाडि बढ्ने गाउँपालिका इन्जिनियर भट्टको भनाइ छ ।
नीति तथा कार्यक्रममा खानेपानीलाई विशेष प्रथामिकतामा राखेर गाउँपालिकाले काम गरेको गाउँपालिका सुचना अधिकारी मित्रलाल धितालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने