
काठमाडौँ । सरकारले टिकटकबारे विरोधाभास निर्देशिका ल्याएको छ । सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने निर्देशिका ल्याएको छ । त्यसमा टिकटक पनि समेटिएको छ ।
निर्देशिकामा कुन–कुन सरकारी कार्यालयले ? कुन कुन सामाजिक सञ्जालमा एकाउन्ट खोल्न सक्छन् ? भनेर पनि लेखिएको छ । त्यसमा टिकटक समेत समावेश गरिएको छ ।
टिकटकले सामाजिक सद्भाव खल्बल्याएको भन्दै सरकारले कात्तिक २७ गते यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको त्यो निर्णयपछि सर्वसाधारणले टिकटक प्रयोग गर्न बन्देज छ । तर यही बेला सरकारले ल्याएको निर्देशिकामा टिकटक समेत समावेश गरेर सरकारले विरोधाभास गराएको हो । तर ‘सरकारी कार्यालयले सामाजिक सजाल प्रयोग गर्नेसम्बन्धि निर्देशिका, २०८०’ मा सरकारी कार्यालयले एकाउन्ट खोल्नुपर्ने समाजिक सञ्जालको सूचीमा टिकटकलाई पनि राखिएको छ ।
निर्देशिकको परिभाषा खण्डको (ग) मा भनिएको छ, ‘सामाजिक सञ्जाल भन्नाले विद्युतीय माध्यममा सञ्चालित फेसबुक, मेसेन्जर, ट्वीटर, भाइबर, इन्टाग्राम, युटयुब, गुगलप्लस, ह्वाट्सएप, इमो, टिकटक, वीच्याट, स्न्यापच्याट लगायतका अन्तरक्रियात्मक प्रकृतिका सामाजिक सञ्जाल सम्झिनु पर्छ ।’
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ‘सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नेसम्बन्धि निर्देशिका, २०८०’ स्वीकृत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने