
काठमाडौँ । काठमाडौँको बल्खुस्थित बोक्सीदह डाँडामा २०७४ सालमा एक महिलाको हत्या गरी फरार दुई जनालाई नेपाल प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले २०७४ पुस ३० गते बल्खुस्थित बोक्सीदह डाँडामा नारायणी तिमल्सिनाको हत्या गरी फरार दुईजनालाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा अर्घाखाँची सीतगङ्गा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४६ वर्षीय शिवराम अधिकारी रहेका छन् । पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृत सुरक्षा केसीले हत्या गरेपछि विदेश फरार रहेका विश्वकर्मालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
अनुसन्धान अधिकृतका अनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको थियो । शिवरामले नारायणी तिमल्सिनालाई भूपू आर्मीसँग विवाह गराइदिन्छु भनि १५-२० हजार रुपैयाँ र गरगहना लगाई राम्रो भएर आउनू भनेर फोन गरी बोलाएका थिए ।
माछापोखरी एरियामा ३ जनाको भेट भएपश्चात् २-३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु एरियामा नाम थाहा नभएको खोला किनारामा मन्दिरपछाडि बसेका थिए ।
शिवराम र मृतक दुई घण्टा सँगै बसेका थिए । सोही क्रममा अधिकारी र विकले ढुंगा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र खल्तीमा भएको नगद ६-७ सय रुपैयाँ निकाली गाडी चढेर गोंगबु बसपार्कको कोपिला गेस्ट हाउसमा गएर बसेका थिए । अर्कोदिन बिहान पूर्व जाने गाडी चढेर फरार भएका थिए ।
आरोपी नेपाल आउँदै छन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०८० पुस ४ गते जगत विकलाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा अर्का आरोपी शिवराम ०७९ कात्तिक २९ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीका नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने