
काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुको शपथ ग्रहण भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त न्यायाधीशहरुलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
प्रधानन्यायाधीश श्रेष्ठले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त न्यायाधीशहरु सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । राष्ट्रपति पौडेलले बुधबार उहाँहरुलाई न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।
संसदीय सुनुवाइ समितिको बैठकले बुधबार सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन गरेको थियो । उहाँहरुको मंसिर २९ तथा यही पुस १ र २ गते संसदीय सुनुवाइ भएको थियो । न्याय परिषद्को गत मंसिर५ गते बसेको बैठकले सर्वोच्चका लागि रिक्त ६ न्यायाधीशका लागि उहाँहरुको नाम सिफारिस गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने