
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ बरौलीस्थित सिरुघारीमा मानव कङ्काल फेला परेको छ । मुस्कान होटल पछाडिको खेतमा रहेको सिरुको झाडीमा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक साजनकुमार शर्माले जानकारी दिनुभयो ।
कङ्कालको माथि सेतो धर्का परेको सर्ट र तल कालो कपडा बेरिएको अवस्थामा बुधबार फेला परेको उहाँले बताउनुभयो । सो कङ्काल महिला वा पुरुषको हो भन्नेसमेत पहिचान हुन नसके पनि सर्टको खल्तीमा लाइटर र नजिकमा चप्पलसमेत भेटिएकाले उक्त कङ्काल पुरुषको हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी शर्माको भनाइ थियो ।
फेला परेको कङ्काल हत्या गरेर फालिएको वा आत्महत्या भन्ने यकिन हुन सकेको छैन । जङ्गलभित्र रहेको उक्त होटल पछिल्लो सात आठ महिनादेखि बन्द अवस्थामा रहेको प्रहरीले जनाएको छ । यहाँ आवतजावत कम हुने भएकाले घटना लामो समयपछि बाहिरिएको हो ।
घटनास्थल नजिक रहेको रुखमा डोरी भेटिएको र सोही डोरीबाट शव खसेपछि कुकुर वा स्यालले तानेर अन्यत्र लगेकाले स्थानीयवासीले थाहा पाएको हुनसक्ने प्रमरम्भिक अनुसन्धानबाट खुलेको छ । कङ्काल अहिले मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको तथा डिएनए परीक्षणका लागि काठमाडौँ पठाइने सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने