
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान स्थल तोकिएको छ ।
निर्वाचन आयोगले ७ मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा १, १ मतदानस्थल र त्यही २, २ मतदान केन्द्र रहने गरी मतदानस्थल तोकेको हो ।
आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, बागमती प्रदेशका लागि भुटनदेवी मावि, प्राविधिक शिक्षालय, हेटौँडा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढीलाई मतदान स्थल तोकेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले तोकिएका मतदानस्थलमा प्रदेशसभाका सदस्यका लागि मतदान गर्न तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्लाबेग्लै मतदान केन्द्र रहेको जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने