
लिस्बन (पोर्चुगल) । स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले यहाँको विदेश मन्त्रालयका शिष्टाचार महाशाखाका महानिर्देशक एड्रियन मार्टिन कोउस समक्ष ओहदाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुभएको छ ।
राजदूतको जिम्मेवारी सम्हाल्न सोमबार स्पेन आइपुग्नुभएका उहाँले मङ्गलबार महानिर्देशक कोउससमक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुभएको हो । शिष्टाचार भेटका अवसरमा महानिर्देशक कोउसले राजदूत नेपाललाई बधाई दिनुका साथै स्वागत गर्नुभएको थियो । यसैबीच राजदूत नेपालले म्याड्रिडस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ ।
यसअघि उहाँलाई म्याड्रिडस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा दूतावासका कार्यवाहक राजदूत यज्ञराज पौड्याल, सहचारी विपिन चन्दलगायतका कर्मचारीले स्वागत गर्नुभएको थियो । नेपालले स्पेनसँगै माल्टाका लागि गैरआवासीय राजदूतको जिम्मेवारीसमेत ग्रहण गर्नुभएको छ । पछिल्लो समय माल्टालाई स्पेनस्थित नेपाली दूतावासलाई जिम्मेवारी तोकिएको छ । माल्टामा नेपाली दूतावास नरहेका कारण नेपाललाई गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर २८ गते नेपाललाई स्पेनका लागि राजदूतमा नियुक्त गर्नुभएको हो । यसअघि उहाँ पोर्चुगलका लागि राजदूत नियुक्त हुनुभएको भए पनि तत्कालीन सरकारले पोर्चुगल नआउँदै फिर्ता बोलाएको थियोे । सरकारले उहाँलाई गत साउनमा स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।
कूटनीति, राजनीति, अन्तर्राष्ट्रिय मामिला, विकास र नीति निर्माण लगायतका विषयमा विज्ञका रूपमा काम गर्दै आउनुभएका नेपालले स्वदेशी तथा विदेशी सङ्घसंस्थाका विभिन्न भूमिकामा रहेर काम गरिसक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने