
गण्डकी । नेवार जातिको सघन बसोबास रहेका सहर र बस्तीमा सम्पदा संरक्षण समाज नेपालले संस्कृति प्रदर्शनी एवं आदानप्रदान कार्यक्रम गर्दै आएको छ ।
परम्परागत नेवारी गीत, नाच आदिको जगेर्ना हेतु देशका विभिन्न जिल्लामा रहेका नेवार बाहुल्य बस्तीमा संस्कृति आदानप्रदान कार्यक्रम गर्ने गरिएको समाजका अध्यक्ष सुरेश सायमी मानन्धरले बताउनुभयो ।
मुख्यगरी काठमाडौँ उपत्यकामा बसोबास गर्ने नेवार समुदायको मौलिक संस्कृतिलाई अन्यत्र ठाउँमा परिचित र अन्तरघुलन गराउने उद्देश्यले समाजले यस यसलाई अभियानका रूपमा निरन्तरता दिँदै आएको उहाँको भनाइ छ । सोही सिलसिलामा शनिबार बागलुङ सदरमुकाममा उक्त कार्यक्रम गरिएको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो । समाजले तीन सय वर्ष पहिले भक्तपुरबाट बसाइँसराइ गरी आएका बागलुङका नेवार समुदायसँग मिलेर संस्कृति आदानप्रदानको कार्यक्रम गरेको हो ।
नेपाल भाषा मंकाः खलः बागलुङको आयोजना र आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजका तर्फबाट काठमाडौँमा प्रचलित धिमे, कुमारीलगायत परम्परागत नाच प्रस्तुत गरिएको थियो । यस्तै बागलुङको ऐतिहासिक हनुमान नाच, लाखे नाचलगायत सांस्कृतिक झाँकी प्रस्तुत गरिएको मंकाः खलका अध्यक्ष जयराम भारीले जानकारी दिनुभयो । स्थानीय लोकतान्त्रिक चोकमा भएको कार्यक्रम समाजका पदाधिकारी, सदस्य, कलाकारलगायत एक सय २० जना काठमाडौँबाट आमन्त्रित गरिएका थिए । उनीहरूले बागलुङवासीलाई नेवारी चलनअनुसारको सगुन पनि खुवाएका थिए ।
नेवारी वेशभूषामा सजिएका कलाकार र पाहुनाको उपस्थितिले कार्यक्रम उत्सवमय बनेको थियो । दर्शकदीर्घाबाट पनि रूचिपूर्वक कार्यक्रमको अवलोकन गरिएको थियो । काठमाडौँ–बागलुङबीचको नेवारी संस्कृतिको चिनारी र आदानप्रदानका लागि कार्यक्रम आयोजना गरिएको मंकाः खलका अध्यक्ष भारीले बताउनुभयो । कार्यक्रममा सहभागी बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले नेवार जाति संस्कृतिमा अब्बल र धनी रहेको बताउनुभयो । सयौँ वर्ष पुराना गीत र नाचलाई जोगाएर राख्नु चुनौतीपूर्ण रहेको भन्दै उहाँले यस्ता क्रियाकलाप अन्य समुदायका लागि पनि अनुकरणीय रहेको उहाँको भनाइ छ ।
मंकाः खलःका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले संस्कृति आदानप्रदानमार्फत भाइचारा र एकताको सन्देश प्रवाह भएको बताउनुभयो । उहाँले नेपालको विविधतापूर्ण भाषा, कला र संस्कति विश्वकै लागि अभूतपूर्व रहेको धारणा राख्नुभयो । नेपाली संस्कृति संरक्षण गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण रहेको हुँदा यसलाई सबैले मिलेर संरक्षण गर्न जरुरी भएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।
नेवार समुदायले आफ्नो मौलिक जात्रा, नाच, गीत, पर्व, भजन, संस्कार, खानपान, संस्कृति र सम्पदा संरक्षण गर्दै आएको छ । बागलुङमा पनि भदौरे जात्रा, हनुमान, लाखे नाच, जोगी, रोपाइँ नाच आदि प्रचलनमा छ । परम्परागत नेवारी गीत, नाच र संस्कृतिको संरक्षणमा खलःले अगुवाइ गर्दै आएको छ । संस्कृतिकर्मी मुकुन्द शाक्यले पुस्तान्तरणको अभावमा कतिपय नाच लोप हुने खतरा बढेको बताउनुभयो ।
संरक्षण नहुँदा नागनागिनीसहित केही नाच हराइसकेकाले जात्राको परम्परा जोगाउन नयाँ पुस्तालाई प्रशिक्षित गर्नुपर्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने