
नवलपुर । विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन शुरु गरेको छ ।
वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री शुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । ‘विनयी जैविक मल उत्पादन उद्योग’ सञ्चालन गरी स्याउला, घाँसपातको प्रयोगबाट जैविक मल उत्पादन शुरु गरिएको उहाँको भनाइ छ ।
‘विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको विनयी सामुदायिक वन उपभोक्ता समूहमा स्थापना गरिएको उद्योगमा अहिले जैविक मल तयार गरी बिक्री शुरु भएको छ’ उहाँले भन्नुभयो– यस वर्ष एक सय २५ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको छ ।’
केही वर्ष अघिसम्म सामुदायिक वनले जैविक मल उत्पादन गर्दै आएकोमा गत वर्षदेखि गाउँपालिकाले स्वामित्व लिँदै उद्योगका रूपमा काम अगाडि बढाएको हो । विज्ञहरूको सहयोगमा माटो र मलको गुणस्तरसम्बन्धी अनुसन्धान सम्पन्न गरी गुणस्तरीय मल उत्पादन सुनिश्चित गरिएको गाउँपालिका अध्यक्ष गिरीले जानकारी दिनुभयो । वनजन्य झाडी तथा हिउँदमा डढेलो निम्त्याउने तत्वलाई नियन्त्रण गर्न जैविक मलको उत्पादन प्रभावकारी हुने उहाँले बताउनुभयो ।
‘गाउँपालिकाभित्र ४१ वटा सामुदायिक वन, दुई वटा धार्मिक वन र दुई वटा मध्यवर्ती वन छन्, यी सबै वनलाई जैविक मल उत्पादन उद्योगसँग जोड्दै लैजाने प्रक्रियामा रहेका छौ’ उहाँले भन्नुभयो– ‘यो योजनाले रासायनिक मललाई विस्थापित गर्दै जैविक मललाई प्राथमिकता दिने, स्थानीय जनताको आयआर्जनको स्रोत विस्तार गर्ने र वातावरण संरक्षणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।’
वन जङ्गलबाट सङ्कलन गरिएको स्याउला तथा घाँस पात जम्मा गरे पछि जैविक मल उत्पादन गर्न ९० दिन लाग्छ । उत्पादन प्रक्रिया पूर्ण रूपमा व्यवस्थित र पर्यावरणमैत्री रहेको अध्यक्ष गिरीले बताउनुभयो । वनमा स्याउला तथा घाँस सङ्कलन गर्न विनयी सामुदायिक वनका ८० जना उपभोक्ता अहिले काममा जुटेका छन् ।
‘अहिले एउटा वनबाट मात्रै ८० जना उपभोक्ताले प्रत्यक्ष रोजगारी पाएका छन्’ उहाँले भन्नुभयो– ‘पालिकाभित्रका ४१ वटा सामुदायिक वनबाट वायोमास सङ्कलन शुरु गर्दा पाँच हजारले प्रत्यक्ष रोजगारी पाउने छन् ।’
जङ्गलमा रहेको स्याउला, घाँसपात सङ्कलनका लागि ८० जना उपभोक्ता दैनिक रूपमा काममा आउने गरेको विनयी सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष बालु पुरीले बताउनुभयो । जैविक मल उत्पादनका लागि एनसाव नेपाल र एफएयुले तालिम तथा अन्य प्राविधिक सहयोग गरेका छन् । उपभोक्ताले सङ्कलन गरेको हरियो स्याउलालाई प्रतिकिलो रु दुईले खरिद गरिने उहाँले जानकारी दिनुभयो ।
उद्योगबाट उत्पादन भएको मल गाउँपालिकाभित्र प्रतिकिलो २० रुपैयाँ र बाहिर प्रतिकिलो २५ रुपैयाँका दरले बिक्री शुरु गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने