+

अठार वर्षपछि सडक कालोपत्र गरिँदै

गलुङ ।  बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । 


सडक कालोपत्र गर्न  ८१ लाख ८५ हजार एक सय ९८ रुपैयाँमा सम्झौता भएर काम थालिएको हो । आगामी वैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ । 

बरेङका अध्यक्ष कृष्णप्रसाद शर्माले पुरै सडक कालोपत्र गर्न गाउँपालिकाको स्रोत र साधानले नभ्याउँने भएकाले केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर चरणबद्ध  रूपमा काम गर्ने बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै