गण्डकी । पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा ३० लाख रुपैयाँ दाखिला पनि भएको छ ।
विभिन्न सङ्घसंस्था प्रतिष्ठान एवं व्यक्तिबाट अक्षयकोषमा रकम दाखिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्दप्रसाद्र रेग्मीले जानकारी दिनुभयो ।। अक्षयकोषमा कम्तीमा एक करोड रुपैयाँ पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
अक्षयकोषमा पद्मजगत् स्मृति प्रतिष्ठानले १० लाख, धनबहादुर थापाले एक लाख ११ हजार, भगवती पन्तले ५२ हजार ५५, मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले ५१ हजार १११, वासुदेव तिवारीले ५० हजार, खगराज अधिकारीले ३७ हजार र विष्णुमाया पण्डितले १५ हजार रुपैयाँ प्रदान गर्नुभएको जानकारी उहाँले दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रविलाई राति नै पोखरा लगियो
- एनपीएल : आज पोखरा-जनकपुर तथा काठमाडौँ-सुदूरपश्चिम भिड्दै
- प्रधानमन्त्री ओली आज स्वदेश फर्कनुहुँदै
- आज मौसम : कोशी र गण्डकीमा आंशिक बदली हुने पूर्वानुमान
- लामिछानेसहित १४ जनाविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
- क्षतिग्रस्त बिपी राजमार्गको पुनःनिर्माण गरिँदै
- को हुन् बीबीसीको सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला ?
- त्रिविका १४ हजार विद्यार्थी दीक्षित हुँदै
- चीन भ्रमणमा ऐतिहासिक महत्त्व राख्ने सम्झौता भए : प्रधानमन्त्री
- दिनभर अशान्त चितवन : २० जना प्रहरी र ४० भन्दा बढी प्रदर्शनकारी घाइते