
धनुषा । बाराको गढीमाईमा लागिरहेको मेला तथा जनकपुरधाममा मङ्सिर १६ गतेदेखि शुरु हुने सीताराम विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित बनाइने भएको छ ।
धार्मिक तथा ऐतिहासिक महत्वका दुवै महोत्सवलाई व्यवस्थित बनाउन मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आज जनकपुरधाममा बसेको थियो । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा मेलालाई व्यवस्थित तथा शान्तिपूर्णरुपमा सम्पन्न गर्ने विषयमा छलफल भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले बताउनुभयो ।
प्रत्येक पाँच वर्षको अन्तरालमा बाराको गढीमाईमा ठूलो धार्मिक मेला लाग्नुका साथै जनकपुरधाममा भारतको अयोध्याबाट सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुन झण्डै पाँच सयको सङ्ख्यामा विशिष्ट व्यक्तिसहित जन्ती आउने र लाखौँ तीर्थालु मेला भर्न आउने कार्यक्रम छ ।
बैठकमा दुवै मेला तथा महोत्सवमा आउने भक्तजन तथा आगन्तुकको सुरक्षा सुनिश्चितता गर्ने, जोखिम क्षेत्रको पहिचान गरेर त्यसै अनुसारको सुरक्षा व्यवस्था मिलाउने र मेलामा हुने भीडको व्यवस्थापन, चोरी र दुर्घटनाको विषयमा छलफल भएको सचिव रिजालले बताउनुभयो ।
बैठकमा मध्य पृतना हेडक्वाटर बर्दिबासका उपरथि सुदर्शन सिलवाल, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक माधव तिमिलसिना, मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुभाषचन्द्र बोहोरालगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा