
बागलुङ । बागलुङको निसीखोला–४ का नरबहादुर घर्तीले बर्सेनि करिब १० मुरी फापर उत्पादन गर्नुहुन्थ्यो । तीते र मिठे गरी दुई जातका फापर उत्पादन गर्दै आउनुभएका घर्तीले तीन वर्ष यता यसको खती गर्न छोड्नु भएको छ ।
मकै फल्ने बारीमै लगाइने फापर आयातीत खाद्यन्न प्रयोग बढ्दै गएपछि खेती हुन छोडेको हो । गाउँको पाखो बारीमै फलाउन सकिने भए पनि खनजोत गर्ने खेतालाको अभाव हुँदै गएपछि उहाँले फापरखेती गर्न छोड्नु भएको हो । अचेल गाउँमै बसेर रैथाने बालीको खेती गर्नेको सङ्ख्या निकै कम छ ।
उन्नत जातका बीउबिजन प्रयोग गरेर खेतीपाती गर्न थालेपछि परम्परागत खेती प्रणाली फेरिनाका साथै रैथाने बाली लोप हुन थालेको उहाँको भनाइ छ । पहिले बारीमा फापर नलगाउने कोही नहुने भन्दै अहिले गाउँमै कसैले पनि यसको खेती नगर्ने बताउनुभयो । पहिले चामल ल्याउनका लागि हप्तादिन लगाएर बुटवल पुग्नुपर्ने हुँदा गाउँमै फापर उत्पादन गर्ने गरेको भन्दै अहिले घरघरै दोकान खुलेपछि रैथाने बाली उत्पादन गर्न छोडेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो– पहिला गाउँमा दुःख थियो, एक छाक खानका लागि धेरै काम गर्नु पथ्र्यो, बारीमा फापर, कोदो र मकैबाहेक अरू फल्दैनथ्यो, अहिलेको जस्तो चामल नपाएपछि आँटो, ढिँडो र रोटी नै खानुको विकल्प थिएन, त्यही भएर खेती किसानी गर्न मान्छेहरु बाध्य थिए, अहिले अलिअलि पैसा कमाउने भएर गाउँ घरैमै चामलाका बोरा आउन थालेपछि कोदो, फापरखेती किन गरून् ?’
व्यावसायिक रुपमा फापरखेतीप्रति किसानको आकर्षण हुन घट्दै गएपछि लोपन्मुख अवस्थामा पुगेको छ । फापरका परिकार उच्च रक्तचाप र सुगर ९मधुमेह०का बिरामीका लागि उत्तम मानिने हुँदा बजारमा माग भने बढ्दो छ । बागलुङको निसेलढोर, उत्तरगङ्गा क्षेत्र, भल्कोट, खुङ्खा, तमान, स्याउला, हिल, तारा, बोबाङ लगायत उच्च क्षेत्रमा कोदोखेती गरिन्थ्यो । तमानखोला गाउँपालिका–२ का भक्तबहादुर सिर्पालीले पाँच वर्ष अगाडिसम्म आफूले करिब सात रोपनी जग्गामा फापरखेती गरे पनि अहिले छोडेको बताउनुभयो ।
‘हाम्रो बाउबाजेले फापरको आँटो, ढिँडो र रोटी खायो भने तागत दिन्छ भन्थे, चामल कमै हुने हुँदा भात दशैँ, तिहार र अरू चाडपर्वमा खाने गथ्र्यौं, अहिले ढिँडो खानलाई फापर र कोदोखेती हुन छोड्यो, बजारबाट चामल लिएर दिनकै भात खानुपर्छ’ सिर्पालीले भन्नुभयो– ‘पहिले गाउँमा भात खाने उही धेरै खेत हुने हुन्थे, हामी त गाउँमा माथिपट्टि बस्ने कोदो र फापरखेती गरेर आँटो ढिँडो खान्थ्यौँ ।’
बागलुङमा अहिले ८५ हेक्टरमा क्षेत्रफलमा फापरको खेती हुने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले जानकारी दिनुभयो । हरेक वर्ष बागलुङमा एक सय २० मेट्रिक टन फापर उत्पादन हुने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने