
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पहिरोबाट हुनसक्ने विपद् जोखिम न्यूनीकरणका लागि बस्ती वरपर रहेका विभिन्न उन्नाइस स्थानमा पहिराको नक्शाङ्कन गरिएको छ ।
पहिराले मानवबस्ती, समुदाय, खेतीयोग्य जमिन तथा भौगोलिक रूपमा पुर्याउनसक्ने सम्भावित क्षतिको न्यूनीकरणका लागि नक्शाङ्कन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
गाउँपालिकाको पहलमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) मार्फत पहिराले बढी क्षति पुर्याउनसक्ने स्थानको नक्शाङ्कन गरिएको उहाँको भनाइ छ । गाउँपालिकाले १९ स्थानका पहिराको नक्साङ्कनका लागि प्राथामिकीकरण गरेको थियो ।
पहिरोको नक्शाङ्कनले पहिरोबाट हुनसक्ने जोखिमको अनुमान गर्न सकिने भएकाले जोखिम न्यूनीकरण र रोकथामका लागि सजिलो हुने एफएओका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजङग गुरुङले जानकारी दिनुभयो । ‘पहिरो नियन्त्रणको काम गर्नुअघि अवस्था पत्ता लगाउन सम्पूर्ण अध्ययन गरी नक्शाङ्कन गर्नुपर्छ, त्यसपछि मात्र पहिरोको सम्भावित जोखिम थाहा हुन्छ र जोखिम न्यूनीकरण गर्न सजिलो हुन्छ’ उहाँले भन्नुभयो ।
नक्शाङ्कन गर्दा पहिरोको भौगोलिक, भौर्गभिक अवस्था, पहिरो रहेको स्थानको माटो, ढुङ्गा र चट्टानको अवस्थाबारे अध्ययन गरिन्छ । नक्शाङ्कन गरिएका पहिरोग्रस्त क्षेत्रलाई जोखिमका आधारमा तीन भागमा विभाजन गरी नियन्त्रणका लागि योजना बनाउन सुझाव दिइएको गुरुङले बताउनुभयो ।
गाउँपालिकाका वडा नम्बर १, ३, ४, ५, ६ र ८ का बस्ती नजिक रहेको पहिरोको नक्शाङ्कन गरिएको हो । ‘नक्शाङ्कनबाट धेरै उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमका आधारमा छुट्याइएको छ’ उहाँले भन्नुभयो– ‘एघार स्थानका पहिरो थोरै बजेटमा पनि नियन्त्रण गर्न सकिने अवस्था छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने