
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार जिल्लाभर ८ सय १५ सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
‘जनशक्ति थप गरेर सुरक्षा जाँचमा कडाइ गरिएको छ’ प्रहरी उपरीक्षक जोशीले भन्नुभयो– ‘चाडबाडमा शान्ति, सुरक्षा कायम गर्न योजनाबद्ध तयारी गरेका छौँ ।’
भारतसँग सीमा जोडिएको गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएर सुरक्षा जाँच भइरहेको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । ‘खुला नाका भएकाले लागुऔषध लगायत विष्फोटक पदार्थ भित्रन सक्ने हुँदा तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा जाँच थालिएको हो’ उहाँले भन्नुभयो ।
प्रहरीले ‘शेरा’ र ‘लैला’ नामका तालिम प्राप्त कुकुर परिचालन गरेको छ । ट्राफिक प्रहरी जनशक्ति पनि थप गरेर सवारी जाँचमा कडाइ गरेको प्रहरी उपरीक्षक जोशीले बताउनुभयो ।
भारतबाट आएका यात्रुका लागि गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष राखिएको छ । महेन्द्रनगर बसपार्क, झलारी, गुलरिया, बेलौरी, पुनर्वासलगायतका स्थानका यात्रु सहायता कक्षबाट समस्यामा परेका यात्रुलाई सहयोग गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध