+

बाढीपीडितलाई नगद सहयोग

सुनसरी ।  बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण गरिएको छ । 

विश्व खाद्य कार्यक्रम र सेवक नेपालले बराहक्षेत्र नगरपालिकाभित्रका कोशी बाढीबाट प्रभावितलाई सोमबारदेखि नगद सहयोग हस्तान्तरण शुरु गरेको हो । बाढीपीडितलाई प्रति परिवार  १५ हजार रुपैयाँको दरले नगद हस्तान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार, बराहक्षेत्र नगरपालिकाका वडाकार्यालयको सिफारिसका आधारमा एक हजार एक सय ४५ घरधुरीलाई विश्व खाद्य कार्यक्रम र सेवक नेपालमार्फत नगद सहयोग हस्तान्तरण गरिएको छ । 

नगर प्रमुख कार्कीले भन्नुभयो– ‘केही दिन अगाडिको भारी वर्षासँगै बाढीमा परेका परिवारलाई यो सहयोगले केही हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै