
बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
बैतडीको सिगास गाउँपालिका–९ ढोल्यामोडमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभएको छ ।
सडक अवरुद्ध हुँदा राजमार्गमा सवारीसाधन बाटोमै थन्किएका छन् । सयौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो । ‘वर्षा रोकिएको छैन, पहिरो पन्छाउन सकस भइरहेको छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने