
पर्सा । पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ ।
घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८० र ८१ मा ३ सय ९९ महिलाका नाममा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । त्यही आवमा पुरुषका नाममा ५ सय ४४ उद्योग दर्ता भएका छन् । गत आवमा ८ सय ९७ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् ।
सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले महिला उद्यमीका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंहका अनुसार छुट पाउने प्रावधानकै कारण महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको बताउनुहुन्छ ।
‘विगतमा महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने चलन थिएन । अहिले सरकारले दर्ता शुल्कमा छुट दिने व्यवस्था गरेसँगै महिला उद्यमी सञ्चालक भएर उद्योग दर्ता गर्ने क्रम बढेको छ’ उहाँले भन्नुभयो । अझै पनि पुरुषकै स्वामित्वका उद्योगको सङ्ख्या धेरै छ ।
कार्यालयका अनुसार आव २०७९ र ८० मा १ हजार ८९ नयाँ उद्योग दर्ता भएका थिए । त्यस आवमा नयाँ दर्ता भएका उद्योगमा महिला उद्यमीको स्वामित्व भएको सङ्ख्या ५ सय ५० र पुरुष उद्यमीको स्वामित्व भएका भने ६ सय ५४ रहेका छन् ।
गत आवमा दर्ता भएका नयाँ उद्योगले ४ हजार७ सय ३३ जनालाई रोजगारी सिर्जना गर्ने अनुमान गरिएको छ । त्यसमध्ये ३ हजार ४ सय ५५ पुरुष र १ हजार २ सय ७८ महिलालाई रोजगारी दिने क्षमता रहेको छ । कार्यालयले गत आवमा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर ८० लाख १२ हजार १ सय ५० राजस्व आम्दानी गरेको छ ।
कार्यालयले आव २०७९ र ८० मा दर्ता भएका नयाँ घरेलु तथा साना उद्योगले ५ हजार ४ सय ६० जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ । त्यसमध्ये ३ हजार २ सय ४७ पुरुष र १ हजार २ सय १३ महिलालाई रोजगारी दिनसक्ने क्षमता छ ।
कार्यालयले अघिल्लो आवमा नयाँ दर्ता भएका साना तथा घरेलु उद्योगबाट १ करोड ६ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने