
काठमाडौँ । धर्मोदय सभा र अन्य बौद्ध सङ्घसंस्थाले लुम्बिनी विकास कोषमा गरिएको तालाबन्दी, घेराउलाई अशोभनीय क्रियाकलाप भन्दैे त्यसप्रति विरोध जनाएका छन् ।
लुम्बिनी नगर क्षेत्रका स्थानीय बासिन्दासहित केही समूहले प्रस्तुत गरेका मागप्रति विपति जनाउँदै सभाद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ– ‘लुम्बिनी विकास कोषसामु प्रस्तुत माग सकारात्मक भए पनि कोष गठन ऐन कानुन बमोजिम हुने तथा कोष स्थानीयलाई जिम्मा दिनु पर्ने माग जायज ठहर्न सक्दैन । मापदण्डअनुसार योग्यता पुगेकालाई स्थान दिनुपर्ने विषयलाई मागपत्रमै लेखिनुले शङ्का उब्जाएको छ ।’
अखिल नेपाल भिक्षु महासङ्घ, नेपाल बौद्ध महासङ्घ, नेपाल परम्परागत बौद्धधर्म सङ्घ, लोटस रिसर्च सेन्टर तथा नेपाल मगर बौद्ध सेवा समाजले मायादेवी मन्दिरमा पूजापाठ गर्ने पुजारी नियुक्त गर्नुपर्ने मागप्रति असहमति जनाएका हुन् ।
यी संस्थाले लुम्बिनीको महत्व र संवेदनशीलतालाई दृष्टिगत यो विश्व सम्पदा क्षेत्रमा अशान्ति हुने कुनै किसिमका गतिविधि नगर्न सम्बन्धित सबैसँग अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने