+

दुई सय ५० बालबालिकालाई खाद्यान्न वितरण

जुम्ला ।  तातोपानी गाउँपालिकाभित्रका दुई सय ५० बालबालिकालाई किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनाअन्तर्गत खाद्यान्न वितरण गरिएको छ ।

आज यहाँ आयोजित एक कायर्यक्रममा गाउँपालिका आठवटै वडाका बालबालिकालाई खाद्यान्न वितरण गरिएको परियोजनाका संयोजक प्रकाशबहादुर शाहीले जानकारी दिनुभयो । त्यो परियोजनाले यसअघि यहाँका दुई सय ८५ बालबालिकालाई शैक्षिक सामग्री पनि प्रदान गरेको थियो ।

गाउँपालिको समन्वय र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा उनीहरुलाई जनही २५ किलो चामल, पाँच लिटर तेल, पाँच केजी दाल, दुई प्याकेट नुन लगायत खाद्यान्न वितरण गरिएको संयोजक शाहीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै