
नवलपरासी । नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित ३ सय ५० घरधुरी रहेको नारायणी पारी सुस्तामा विद्युत् प्रसारण लाईन विस्तार हुने भएको छ ।
१ हजार ५ सय ७१ मिटर लामो झोलुङ्गे पुलको प्रयोग गरी नारायणी पारिसम्म विद्युतीकरण गर्न लागिएको हो ।
सङ्घीय सरकारको सौर्य मिनी ग्रिड परियोजनाको ४ करोड ८० लाख रुपैयाँ लागतमा उज्यालो सुस्ता अभियानको घोषणा गर्दै सुस्तामा सोलार प्रणाली जडान गरिएको थियो । तर सोलार पटक–पटक बिग्रिने र सुस्तावासीलाई पर्याप्त विद्युत् नपुग्ने समस्या थियो । अहिले नारायणी नदीमा झोलुङ्गे पुल निर्माणसँगै विद्युतीकरण हुने भएपछि सुस्तावासी अब अँध्यारोमा बस्नुपर्ने बाध्यताबाट मुक्त हुने सुस्ता बचाउ अभियानका अभियन्ता रवीन्द्र पटेलले बताउनुभयो ।
सोलार प्रणालीको जडानसँगै सुरु भएको उज्यालो अभियान विद्युतिकरणसहित पूरा हुने भएको हो । झोलङ्गे पुलमा विद्युत् सुरक्षाको पूर्ण मापदण्ड पूरा गरी विद्युत् प्रसारण लाइन पुलको सहारामा पारी सुस्ता पु¥याउन लागिएको नेपाल प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिनुभयो ।
केन्द्र प्रमुख झा का अनुसार हालसम्म छ सय मिटर तार तानिएको छ– ‘नेपालमा यस्तो प्रकृतिको विद्युतीकरणको काम पहिलो भएकोले हामीलाई पनि चुनौती छ’ उहाँले भन्नुभयो । वारी सुस्ता र पारी सुस्ता दुवै तर्फ विद्युतीकरणको पोल र तार राखिसकिएको र अब झोलुङ्गे पुलमा आउँदो महिनाभित्र राखिसक्ने विद्युतीकरणको ठेक्का पाएको एम डि राजा निर्माण सेवाले जनाएको छ ।
त्यो कार्यका लागि १ करोड ३० लाख रुपैयाँ लागत लाग्ने छ । त्यो रकम प्राधिकरणको स्रोतबाट खर्च गरिने बर्दघाट वितरण केन्द्रका प्रमुख झाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने