
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला र पोखरा महागनरपालिका–१( पुरुनचौरको मुख्य सिँचाइ नहर सञ्चालनमा आएको छ ।
गत असार १७ गते राति पहिरोले क्षति पुगेको सिँचाइ नहर पुनःनिर्माणपछि सोमबार ३५ दिनपछि सञ्चालनमा ल्याइएको हो । सार्दिखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर पुरुनचौरको स्थानीपातल तथा सार्दिखोलाका विभिन्न आठ स्थानमा पहिरोले क्षति पुर्याएको थियो ।
धान रोप्ने बेलामा सिँचाइ नहर पहिरोले बगाएपछि किसानले आकाशको पानीमा निर्भर रहेर दुःखका साथ रोपाइँ गरेका थिए । धान रोपाइँ गरे पनि रोपेको धान मर्न थालेपछि किसान चिन्तित बनेका थिए । रोपेको धानमा पानी अभावमा सिँचाइ हुनसकेको थिएन । सिँचाइ आयोजनाबाट सार्दिखोलाको एक सय र पुरुनचौरका तीन सय ५) हेक्टर जमिन सिँचाइ हुँदै आएको छ ।
पुरुनचौरका स्थानीय अगुवा दीपक पौडेलले स्थानीयवासीको अथक प्रयासपछि सिँचाइ नहर सञ्चालनमा आएको बताउनुभयो । मेसिन र मौसमका कारणले नहर सञ्चालमा ढिलाइ भएको पौडेलले बताउनुभयो । नहर सञ्चालन भएर खेतमा पानी लगाउन पाएपछि किसानमा खुसीयाली छाएको छ । सो नहरको पानी सार्दिखोला र पुरुनचौरमा साँझ–बिहान पालो लगाएर खेतमा लगाउने गरिएको छ ।
पौडेलले नहर पुनःनिर्माणका लागि रु १५ लाख खर्च भएको बताउनुभयो । नहर पहिरोले बगाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्यलगायतले स्थलगत निरीक्षण गरी किसानलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
‘प्रदेश सरकार र महानगरबाट नहर पुनःनिर्माणका लागि सहयोगको प्रतिबद्धता प्राप्त भएको छ । अहिले हामी आफैँ उपभोक्ताले केही रकम सङ्कलन गरेर काम सम्पन्न गरेका छौँ । अब नहर सञ्चालन भएको छ, सरकारले दिने भनेको पैसाका लागि प्रक्रिया अघि बढाउँछौँ’ पौडेलले भन्नुभयो । सार्दिखोला पुरुनचौर सिँचाइ विसं २)५२ मा निर्माण गरिएको हो । माछा सार्दिखोलाको पानी पाँच किमी लामो नहरमार्फत ल्याएर पुरुनचौर र सार्दिखोलाको भुर्जुङखोलाको जमिनमा सिँचाइ गरिँदै आइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने