
काठमाडौँ । चीनको राष्ट्रपति र रूसका प्रधानमन्त्रीबीच भेटवार्ता भएको छ । चिनियाँ राष्ट्रपति सी जिङपिङ र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनबीच बुधबार बेइजिङमा भेटवार्ता भएको हो ।
राष्ट्रपति सीले यसवर्ष रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता भएको उल्लेख गर्दै दुई देशका सरकार तथा संसद् राजनीतिक दल र स्थानीय तहवीच विभिन्न व्यापारिक सहयोग भएको बताउनुभएको छ ।
यसवर्षमा चीन तथा रूसबीचको द्धिपक्षीय व्यापार मात्रा दुई सय अर्ब अमेरिकी डलरको लक्ष्य हासिल गरी दुई देशीय सम्बन्ध लाभकारी, लचिलो तथा व्यापक भएको राष्ट्रपति सीको भनाई छ । उहाँले चीन र रूस सम्बन्धलाई कायम राख्दै विकास गर्नु दुबै देशका जनताको हितमा छनोट भएको बताउनुभएको छ ।
चीनले रूसी जनताको रोजाइको विकासको बाटोमा हिड्न सहयोग गरेको बताउदै राष्ट्रपति सीले आगामी वर्ष चीन रूसको कुटनैतिक सम्बन्ध स्थापना भएको ७५ औँ बार्षिकोत्सवलाई नयाँ बिन्दुमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- कर्मचारीको अवकाश उमेर अन्ततः ५८ वर्ष नै कायम हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन