
काठमाडौँ । मापदण्ड विपरीतका सवारी साधन रोकिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताउनुभएको छ ।
मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको आजको छलफलमा उहाँले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताउनुभएको हो ।
यसैगरी निर्माणस्थलमा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक बाटो तथा ‘डाइभर्सन’को व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उहाँले बताउनुभयो । काठमाडौँ र पूर्वी नेपाललाई जोड्ने बिपी राजमार्ग मर्मतलाई तीव्रता दिइएको जनाउँदै उहाँले वैकल्पिक सडकका रुपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गर्नुभयो ।
यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालनलाई व्यवस्थित बनाउन गृह मन्त्रालय, ट्राफिक प्रहरी लगायतका निकाय तथा संघीय सरकारसँग थप समन्वय गरिने बताउनुभयो ।
दाउन्ने सडकमा भइरहेको निर्माणका कारण सवारी साधन तथा यात्रुलाई परेको समस्याप्रति मन्त्रालय गम्भीर रहेको भन्दै मालवाहक तथा यात्रुवाहक गाडीलाई उपयुक्त समय मिलाएर पास हुने व्यवस्था मिलाइएको बताउनुभयो । त्यो खण्डको निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले चाँडै यातायात सहज पारिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, विभिन्न मजदुर सङ्गठनका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेल, उपमहानिर्देशक लगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मंगलबार राप्रपाले बल्खुमा आमसभामा गर्ने, घुसपैठ भए प्रतिकारको चेतावनी
- धरानवासीलाई खानेपानी प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
- जडिबुटीमा आगो झोस्ने ४ जना पक्राउ
- अन्नपूर्ण हिउँपहिरोमा २ जना बेपत्ता
- यी हुन् कारागार जानू अघि रविले दिएका ४ सन्देश
- बारको मतगणना जारी, सत्ता गठबन्धनका मिश्रलाई प्रारम्भिक अग्रता
- सहकारी पीडितद्वारा रास्ट्रपति कार्यालय घेराउ
- ‘संविधान मान्दिनँ भन्नु इमानको खडेरी’
- हेटौँडा सिमेन्टद्वारा आजदेखि पुनः उत्पादन शुरु
- रवि लामिछानेलाई भैरहवा जेलमा राखियो