+

सहकारी पीडितद्वारा रास्ट्रपति कार्यालय घेराउ

काठमाडौँ  । सहकारी पीडितहरुले रास्ट्रपति कार्यालय घेराउ गरेका छन् । सहकारी पीडितहरु आज रत्नपार्कमा भेला भएर राष्ट्रपति  कार्यालयनजिकै  धर्ना दिएका हुन्।

आफूहरुको बचत रकम निशर्त फिर्ता पाउनुपर्ने मागसहित लामो समयदेखि आन्दोलनरत उनीहरूले राष्ट्रपति भवनअगाडि नै धर्ना दिन खोजेका थिए । तर, प्रहरीले निषेधित क्षेत्र तोकेर रोकेपछि उनीहरू त्यहीँ रोकिए।

सहकारी पीडितहरुले सहकारीको स्वनियमन खारेज गर, पीडितको बचत रकम फिर्ता हुने सुनिश्चित गर्, पीडितको घाउमा मलहम लगाउने काम गर, लगायतका नारा लेखिएको प्लेकार्डसहित रास्ट्रपति कार्यालय नजिक प्रदर्शन  गरेका हुन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध फेरि अनिश्चितकालीन रुपमा संघीय राजधानी काठमाडौँ केन्द्रित आन्दोलन  शुरु गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै