+

एकीकृत समाजवादीद्वारा शिक्षकका समस्या समाधान गर्न आग्रह

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले शिक्षकका समस्या समाधान गर्न आग्रह गरेको छ । एकीकृत समाजवादीले शिक्षा ऐन तत्काल पारित गरी शिक्षकले उठाएका जायज मागलाई यथाशिघ्र वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकारलाई आग्रह गरेको हो ।


समाजवादीले  शिक्षकको आन्दोलनप्रति एक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रका जायज माग पुरा गरी सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न माग समेत गरेको छ । ‘यस आन्दोलनबाट शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ, पठनपाठन बन्द भएको अवस्था छ र एसइईको उत्तरपुस्तिका परीक्षण प्रभावित बन्न पुगेको छ, यो राज्यको निम्ति एकदमै गम्भीर विषय हो, शिक्षकको यस आन्दोलनप्रति हाम्रो पार्टी एक्यवद्धता जनाउन चाहन्छ’ पार्टीका उपमहासचिव रामकुमार भट्टराईद्वारा आइतबार जारी विज्ञप्तीमा भनिएको छ । 

देशभरिका शिक्षक  नेपाल शिक्षक महासङ्घको नेतृत्वमा चैत्र २० गतेदेखि काठमाडौँडौमा आन्दोलनरत छन् । उनीहरुले विद्यालयका कर्मचारीले गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै काठमाडौँको माइतीघरमा आन्दोलन गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै