
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयुर्वेद क्षेत्रको विकासका लागि सरकारले विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयको दीर्घकालीन गुरुयोजना तर्जुमाका लागि आयोजित राष्ट्रिय परामर्श गोष्ठीमा उहाँले आयुर्वेद क्षेत्रको विकासका लागि योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको हो ।
‘हिमालय र आयुर्वेद क्षेत्रको आफ्नै सम्बन्ध छ, सङ्खुवासभा लगायतका जिल्लाहरु जडीबुटीको केन्द्र भएकाले यसलाई सही प्रयोग गर्न यस्ता विश्वविद्यालयले सहयोग पुग्नेछ’ उहाँले भन्नुभयो । मन्त्री खड्काले विदुषी योगमायाले आफ्नो समयमा गरेको क्रान्तिकारी कामलाई आयुर्वेद विश्वविद्यालयमार्फत सरकारले सम्झन लागेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयका लागि चाँडो नै कर्मचारी व्यवस्थापन हुनेसमेत बताउनुभयो ।
ऊर्जामन्त्री खड्काले सरकारले ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सकिने बताउँदै सरकारले त्यस्ता नागरिकका लागि जलविद्युत् क्षेत्रमार्फत २ लाखदेखि पाँच लाख रुपैयाँसम्मको शेयरको व्यवस्था गर्न लागेको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाको मंगलबारको आमसभामा बल्खुमा, घुसपैठ भए प्रतिकार गर्ने चेतावनी
- धरानवासीलाई खानेपानी प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
- जडिबुटीमा आगो झोस्ने ४ जना पक्राउ
- अन्नपूर्ण हिउँपहिरोमा २ जना बेपत्ता
- यी हुन् कारागार जानू अघि रविले दिएका ४ सन्देश
- बारको मतगणना जारी, सत्ता गठबन्धनका मिश्रलाई प्रारम्भिक अग्रता
- सहकारी पीडितद्वारा रास्ट्रपति कार्यालय घेराउ
- ‘संविधान मान्दिनँ भन्नु इमानको खडेरी’
- हेटौँडा सिमेन्टद्वारा आजदेखि पुनः उत्पादन शुरु
- रवि लामिछानेलाई भैरहवा जेलमा राखियो