
भैरहवा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवास्थित कारगार(जेल)मा राखिएको छ । अदालतले थुन्न आदेश दिए लगत्तै शुक्रबार राति काठमाडौँस्थित आफ्नै निवासबाट पक्राउ गरिएका लामिछानेलाई आज जिल्ला कारागार भैरहवा पुर्याइएको हो ।
लामिछानेलाई पक्राउ गरेर चैत २३ गते यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल भैरहवा ल्याइएको थियो। लामिछानेलाई भैरहवा ल्याएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । सरकारी विदाको कारण दुई दिन हिरासत राखिएका लामिछानेलाई आज कारागार पठाइएको हो ।
लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले जानकारी दिनुभएको छ । डिएसपी कार्कीका अनुसार लामिछाने अब अदालतको फैसला नआउन्जेल कारागारमै रहने छन् ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत शुक्रबार लामिछानेलाई सहकारीको रकम ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । लामिछानेलाई न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले इजलासले थुन्न दिएको हो । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुर्गा प्रसाईंका दाजु राकेश पक्राउ
- मंगलबार राप्रपाले बल्खुमा आमसभामा गर्ने, घुसपैठ भए प्रतिकारको चेतावनी
- धरानवासीलाई खानेपानी प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
- जडिबुटीमा आगो झोस्ने ४ जना पक्राउ
- अन्नपूर्ण हिउँपहिरोमा २ जना बेपत्ता
- यी हुन् कारागार जानू अघि रविले दिएका ४ सन्देश
- बारको मतगणना जारी, सत्ता गठबन्धनका मिश्रलाई प्रारम्भिक अग्रता
- सहकारी पीडितद्वारा रास्ट्रपति कार्यालय घेराउ
- ‘संविधान मान्दिनँ भन्नु इमानको खडेरी’
- हेटौँडा सिमेन्टद्वारा आजदेखि पुनः उत्पादन शुरु