
काठमाडौँ । राजावादीहरूको प्रदर्शन क्रममा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनी गर्नेहरु मध्ये ४ जना पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जीसिका अनुसार सन्चोसहितका औषधि उत्पादन गर्दै आएको त्यो कम्पनीमा गत चैत १५ गते आगो लगाउनेमध्ये अहिलेसम्म ४ जना समातिएका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका- ४ बस्ने दिनेश खड्का छन् । खड्कालाई प्रहरीले काठमाडौबाटै पक्राउ गरेको हो ।
त्यसैगरी कम्पनीमा आगो लगाउनेमध्ये अर्का युवक ताप्लेजुङको फुङलिङ नगरपालिका-३ बस्ने सुशील बराल छन् । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ।
जडीबुटी कम्पनीमा आगो लगाउने अर्का युवकमा रामेछापको गोकुलगंगा गाउँपालिका-२ निवासी केशव बस्नेतपनि पक्राउ परेका छन ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङलाई पनि प्रहरीले पनि कम्पनीमा आगो लगाएको अभियोगमा पक्राउ गरेको छ।
तामाङले तीनकुनेबाट अराजक हुँदै अघि बढ्ने क्रममा ट्राफिक लाइट र प्रहरी बस्ने बिट पनि तोडफोड गरेको पाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुर्गा प्रसाईंका दाजु राकेश पक्राउ
- मंगलबार राप्रपाले बल्खुमा आमसभामा गर्ने, घुसपैठ भए प्रतिकारको चेतावनी
- धरानवासीलाई खानेपानी प्रक्रिया अघि बढ्यो : प्रधानमन्त्री
- जडिबुटीमा आगो झोस्ने ४ जना पक्राउ
- अन्नपूर्ण हिउँपहिरोमा २ जना बेपत्ता
- यी हुन् कारागार जानू अघि रविले दिएका ४ सन्देश
- बारको मतगणना जारी, सत्ता गठबन्धनका मिश्रलाई प्रारम्भिक अग्रता
- सहकारी पीडितद्वारा रास्ट्रपति कार्यालय घेराउ
- ‘संविधान मान्दिनँ भन्नु इमानको खडेरी’
- हेटौँडा सिमेन्टद्वारा आजदेखि पुनः उत्पादन शुरु