+

बारको मतगणना जारी, सत्ता गठबन्धनका मिश्रलाई प्रारम्भिक अग्रता

काठमाडौँ। नेपाल बार  एशोसिएशनको प्रारम्भिक मतगणनामा सत्ता गठबन्धन निकट उम्मेदवार विजय मिश्रले अग्रता लिनु भएको छ । 


उहाँले २  सय २६ मत प्राप्त गर्दा विपक्षी गठबन्धन निकट उम्मेदवार रमन श्रेष्ठले १ सय ३० मत प्राप्त गर्नु भएको छ ।

काठमाडौँको केन्द्रीय कार्यालयमा जारी मतगणनामा अहिलेसम्म सुनसरी, मोरङ, झापा, उच्च अदालत विराटनगर, इलाम र धनकुटाको मत गनिसकिएको छ। 

बारको २७ औँ केन्द्रीय कार्यसमिति चयन गर्न गत शनिबार काठमाडौँ उपत्यका र बाहिर गरी ३६ मतदान केन्द्रमा मतदान गरिएको थियो। 

सबै मतदानकेन्द्रका मतपेटिका काठमाडौँ ल्याइसकेपछि मत गन्न शुरु गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै