
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) ले चैत १५ गते तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले त्यस घटनासँग जोडेर पक्राउ गरिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवलशम्शेर राणालाई तत्काल रिहाइ गर्न सरकारसँग माग गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
पार्टीले आफ्नो विचारको प्रतिरक्षाका निम्ति सबै राष्ट्रवादी र प्रजातन्त्रवादीलाई एकताबद्ध हुन आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गृहजिल्ला पुगेर प्रधानमन्त्री ओलीले गरे राजावादी र रास्वपाको चर्को आलोचना
- मैले अहिेलेसम्म एक जनालाई पिटेको छैन : अध्यक्ष दाहाल
- पर्सामा दुई समुदायबीच झडप, कर्फ्यु लगाउने तयारी
- नेपाल चारदेशीय टी-२० आई सिरिजको फाइनलमा
- बबरमहलमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते
- मर्स्याङ्दी जलविद्युतको उत्पादन घट्यो
- वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा गुरूङ निर्वाचित
- काठमाडौँमा आज हल्का वर्षा
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद