+

दुर्गा प्रसाईंका दाजु राकेश पक्राउ

काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईंका दाजु राकेश प्रसाईंलाई पक्राउ गरेको छ । उनलाई कोटेश्वर पेरिसडाँडाबाट जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनी पनि राजा फर्काउने अभियानका अभियन्ता हुन् । 


तर, अहिले भने दुर्गाबारे सोधपुछ गर्न प्रहरीले उनलाई पक्राउ गरेको हाे । दुर्गा काठमाडौं छाड्नुअघि राकेशको घरमा बसेका थिए । त्यसयता पनि उनको सम्पर्क दुर्गासँग भएको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले राकेश पक्राउ परेको बताए ।
 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै