+

बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ । सुनचाँदीको भाउ अघिल्लो कारोबारको तुलनामा आज सामान्य रुपले बढेको छ । 


सुनचाँदीको भाउ बुधबार तोलामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार  तोला सुनको मूल्य आज प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँ पुगेको छ । आइतबार सुनका भाउ प्रतितोला १ लाख ५५ हजार रुपैयाँ थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपालमा पनि परेको हो । आज एक औस सुनको मूल्य दुई हजार ६ सय ७५ दशमलव १८ अमेरिकी डलर भएको छ । 

आज चाँदीको मूल्य प्रतितोलामा  १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै