
बागलुङ । बागलुङ कालिका मन्दिरमा चैतेदशैँमा ४२ लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।
गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको मन्दिरमा चैत्राष्टमीको नवदुर्गामा दर्शनका लागि आएका दर्शनार्थीले भेटी चढाएका हुन् ।
कालिका मन्दिरमा यस पटकको चैतेदशैँमा (नवरात्रि) को अवसरमा ४२ लाख ६३ हजार १५५ भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले यस वर्ष चैतेदशैँमाको दिन (अष्टमी) मा सबैभन्दा बढी भेटी सङ्कलन भएको बताउनुभयो । त्यस दिन ११ लाख ८१ हजार ५ सय ९० रुपैयाँ सङ्कलन भएको छ ।
खड्काले गतवर्ष चैतेदसैँको तुलनामा यस वर्ष एक लाख ९० हजार ५९७ बढी भेटी सङ्कलन भएको बताउनुभयो । गत वर्षको चैतेदशैँमाको अवसरमा मन्दिरमा ४० लाख ७२ हजार ५ सय ५८ रुपैयाँ भेटी सङ्कलन भएको थियो । मन्दिर दर्शन गर्ने भक्तजनले भेटी, नगद सहयोग र बलिलगायतबाट उक्त भेटी चढाएका हुन् । कालिका मन्दिरमा बडादशैँ र चैतेदशैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ ।
चैतेदशैँ अवधिभर ६ लाख बढी दर्शनार्थीले कालिका मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ । उहाँले गत वर्षको चैतेदशैँमा भन्दा अहिले बढी दर्शनार्थीले मन्दिरको दर्शन गर्दा भेटी सङ्कलनमा वृद्धि भएको बताउनुभयो । अष्टमीका दिनमा मात्र ३ लाख भक्तजनले मन्दिरको दर्शन गरेको अध्यक्ष खड्काको भनाइ छ ।
चैतेदशैँमा बागलुङ कालिका मन्दिर परिसरमा यस वर्ष धार्मिक सम्मेलन र मेलाको आयोजना गरिएको थियो । अध्यक्ष खड्काले धार्मिक सम्मेलनले भक्तजनको वृद्धिमा सहयोग पुगेको बताउनुभयो । यस्तै मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई प्रसादका रुपमा खिर वितरण गरेको थियो । अध्यक्ष खड्काले दैनिक १०० देखि २०० लिटर दूध खपत गरिएको बताउनुभयो । ‘मन्दिरमा उपस्थित हुने भक्तजनलाई प्रसादको रुपमा खिर उपलब्ध गराएका थियौँ’ उहाँले भन्नुभयो– ‘प्रसाद वितरणमा पाँच लाख रुपैयाँ खर्च भएको छ ।’
चैतेदशैँमा भक्तजनलाई सहजरुपमा पूजाआजाका लागि तीन वटा लाइनको व्यवस्था गरिएको थियो । ‘मन्दिरमा अघिपछि एक ढोकाबाट पूजाअर्चना गर्ने व्यवस्था हुन्छ’ उहाँले भन्नुभयो– ‘चैतेदशैँमा भक्तजनको भीड हुने हुँदा तीनवटै ढोकाबाट पूजा गर्न खुला गरिएको थियो ।’ अध्यक्ष खड्काले मन्दिरमा नियमित २५ जना कर्मचारी भए पनि चैत्राष्टमीमा भक्तजनको सहजताका लागि २२ जना कर्मचारी थप गरेको बताउनुभयो ।
कालिका मन्दिर दर्शनको लागि काठमाडौँ, पोखरा, पर्वत, म्याग्दी, चितवन लगायत देशभरबाट भक्तजन आएका थिए । पछिल्लो समय चैतेदशैँका बेला १०–१५ प्रतिशत भारतीय भक्तजन पनि वृद्धि भएको अध्यक्ष खड्काले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले किन दिइन् राजीनामा ?
- चलचित्र विधेयक संसदमा पेश हुने
- अब निषेधित क्षेत्रमै प्रदर्शन गर्छौं : राजेन्द्र लिङ्देन
- कोरलामा व्यापारिक चहलपहल बढ्यो
- ‘द्वन्द्वकालका जघन्य अपराधलाई माफी दिन सकिँदैन’
- आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री ऐन २६ वर्षपछि कार्यान्वयनमा
- हुम्लामा अत्यधिक वर्षा, पहिरोले २६ बाख्रा पुरिए
- उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
- बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- ‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’