+

बारको अध्यक्षमा प्रा डा मिश्रको अग्रता

काठमाडौँ ।  नेपाल बार एसोसिएसनको २७औँ नयाँ केन्द्रीय कार्यसमितिको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्रले दोब्बर अङ्कले अग्रता लिनुभएको छ ।


नेपाल बार एसोसिएसन निर्वाचन–२०८१ का प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार ६ हजार मत गणना गर्दा अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा डा मिश्रले तीन हजार तीन सय ६९ मत र अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले एक हजार पाँच सय ४१ मत प्राप्त गर्नुभएको छ ।
      
त्यस्तै, महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तीन हजार दुईसय ५४ मत र यज्ञमणि न्यौपानेले एक हजार तीनसय ९९ मत प्राप्त गर्नुभएको छ । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । सोमबार १२ बजेदेखि मतगणना सुरु गरिएको थियोे । बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९९७ मतदाता रहेकामा  सात हजार ९९५ (८० प्रतिशत) मत खसेको थियो । कूल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।
      
बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियोे  । मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै